banner

मलेशिया र माल्दिभ्समा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरू,

शेयरकास्टले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको कामको अवस्था, व्यक्तिगत अनुभवहरू, र उनीहरूले भोगिरहेका चुनौतीहरूको अध्ययन गर्दैछौं। हाम्रो उद्देश्य यो महत्त्वपूर्ण जानकारी प्रयोग गरी नीतिगत सुधार र श्रमिकहरूको सहयोग प्रणालीमा सुधार गर्न सम्बन्धित निकायहरूसम्म पुर्‍याउनु हो।

तपाईँलाई सम्पर्क किन?

हामी तपाईँसँग फोनमा छोटो कुराकानी गर्न चाहन्छौं जसमा तपाईँको काम गर्ने वातावरण, बसाईको अवस्था, कम्पनीको व्यवहार, सामाजिक र व्यक्तिगत सुरक्षा, स्वास्थ्य लगायतका विषयहरू समावेश हुन्छन्। यो कुराकानी पूर्ण रूपमा गोप्य राखिनेछ र तपाईँको पहिचान सुरक्षित हुनेछ।

तपाईँ कसरी सहभागी हुने?

यदि तपाईँ यस कुराकानीमा सहभागी हुन इच्छुक हुनुहुन्छ भने, कृपया आफ्नो नाम र ह्वाट्सएप/इमो नम्बर हामीलाई पठाउनुहोस्। कुराकानीपछि हामी तपाईँलाई धन्यवादस्वरूप तपाईँले चाहनुभएको नेपाली नम्बरमा २०० रूपैंयाको टपअप गरिदिनेछौं।

तपाईँको सहभागिताले मलेशिया र माल्दिभ्समा कार्यरत नेपाली श्रमिकहरूको समस्याहरू सम्बन्धित निकायहरूसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नेछ।

हामी को हौं?

शेयरकास्ट डाटा इनिशियटिभ (SDI) विश्वसनीय र तथ्यमा आधारित अनुसन्धान प्रयोग गरी सामाजिक परिवर्तन ल्याउन काम गर्दै आएको विश्वसनीय संस्था हो। यो अध्ययन पनि नेपाली श्रमिकहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न हाम्रो प्रतिबद्धताको अंश हो।

यो विश्वसनीय अभियान हो?

सामाजिक संजालमा आएको विज्ञापन सहि हो कि स्क्याम हो भन्ने तपाईको शंका वा यस अभियानको विश्वसनीयता बारे चिन्ता हुन सक्छ भन्ने कुरा बुझ्छौं । यो यो कुनै ठगी धन्दा वा धोका होइन निश्चिन्त हुन आग्रह गर्न चाहान्छौं । हामी नैतिक र पारदर्शी अनुसन्धान गर्ने लामो इतिहास भएको प्रतिष्ठित संस्था हौं । 

तपाईँलाई हाम्रो काम भनेको केवल नेपाली प्रवासी श्रमिकहरूको अवस्थालाई सुधार गर्न प्रभावकारी अनुसन्धानमा केन्द्रित छ । सबै जानकारी गोप्य र सुरक्षित राख्ने छौं र तपाईँसँग भएको कुराकानी यो अनुसन्धानबाहेक अन्य कुनै उद्देश्यका लागि प्रयोग गर्ने छैनौं भन्ने कुरामा विश्वास दिलाउन चाहान्छौं।